
धादिङ, २ असार
बाढी पहिरोबाट धादिङमा ७५ घर परिवार विस्थापित भएका छन् । त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।
गंगाजमुना –६ बसेरीमा अविरल वर्षाका कारण २४ घर विस्थापित भएका छन् । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र सरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गंगाजमुना –६ बुढाथुममा १४, वडा –५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घर विस्थापित भएको जनाइएको छ ।
विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् ।
गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको संख्या धेरै रहेको जानकारी दिए । कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको बताइएको छ ।