तनहुँ, २ असार
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा घाइते भएका उनको उपचारका पुरानाे मेडिकल अस्पताल चितवनमा ज्यान गएको हो ।
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई करिब २५ मिटर तल खाेलामा खसेको छ ।