
न्युयोर्क अमेरीका:
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय न्युयोर्कस्थित उडसाईडमा डिल्लिराम गिरी-नेपाली काँग्रेस महासमिति सदस्य, कार्यबाहाक अध्यक्ष लोकतान्त्रीक गैरसरकारी संस्था महासंघ नेपाल, पूर्व अध्यक्ष केन्द्रिय बालकल्याण समिति नेपाल र सदस्य रोटरी क्बल अफ भादगाँउ, मनोज कुमार कंडेल-असिष्टेन गर्भनर, रोटरी इन्टरनेशनल डिस्टिक ३२९२ नेपाल भुटान, संस्थापक अध्यक्ष रोटरी कल्ब अफ भादगाउँ, अध्यक्ष बालबालिकाका निमित्त गैर सरकारी संस्था महासंघ नेपाल, महासचिव लोकतान्त्रीक गैरसरकारी संस्था महासंघ नेपाल तथा कानून व्यवसायी,
छन्दप्रसाद आचार्य-(अधिवक्ता) कानून व्यवसायी, पूर्व अध्यक्ष रोटरी कल्ब अफ भादगाउँ, कलेज लेक्चरर र श्री गीता कंडेल-अध्यक्ष सगरमाथा बालगृह, सहकारी कर्मी, समाजसेवी हरु सॅंग विशेष भेटघाट एवं छलफल सम्पन्न भयो ।
वहाँहरुलाई यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले खादा पहिराई कार्यालयमा स्वागत गर्नुभएको थियो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य प्रेम पौंडेल, मोरड॰ समाज अमेरीकाका संयोजक बिवेक क्षेत्रीको उपस्थिती रहेको थियो।

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले फाउन्डेशन अमेरीका च्याप्टरले कोरोना कहरमा नेपाली लगायत अमेरीकावासी विभिन्न समुदायहरूलाई गरेको सहयोग दुनीयाले देखेको आफुहरू एक निःस्वार्थ टीम वनाई अमेरीकाको मुलधारका राजनितीज्ञसँग सहकार्य गर्दै सबै समस्याहरूको यथासक्य समाधान खोजी भविष्यमा वृहत योजनासहित अजै धेरै सामाजीक कार्यमा लागिपर्ने वताउनुभयो।
यस छोटो मिठो भेटघाट कार्यक्रममा लोकतान्त्रीक गैरसरकारी संस्था महासंघ नेपालका कार्यबाहाक अध्यक्ष डिल्लिराम गिरीले बोल्नुहुँदै अमेरीकावासी नेपालीहरूको साझा संस्था गिरीजा प्रसाद कोईराला फाउण्डेशन पनि हो र आगामी दिनहरूमा नेपालीहरूलाई आईपर्ने समस्याहरूको समाधानका लागी समुदायसँग हातेमाले गर्दै अझै झन बलियो हुदै सगरमाथा झै उच्च भएर अगाडी बढ्न सुझाव दिनु भयो।वहाँले न्युयोर्क जस्तो व्यस्त शहरमा फाउण्डेशनको आफ्नै कार्यालयमा हामीलाई तपाईहरुले स्वागत गर्नु भएकोमा ह्रदयवाट नै धन्यवाद छ, भन्नु भयो।
त्यस्तै बालबालिककाका निमित्त गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष मनोज कुमार कंडेलले यस फाउन्डेशनका सामाजिक गतिविधिवाट प्रभावित भएको र आवश्यक सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो र सवैले मिलेर नेपाल र नेपालीका हकहितकालागी लागीपर्न हामी जॅंहा रहे पनि कार्यहरु गर्न सक्छौं र हामीले नेपालवाट रोटरी क्लब जस्तो संस्था सॅंग आवध्द भएर धेरै सामाजिक कार्यहरु गर्न सक्छौ, वहाँले सुजाव दिनु भयो।
उपाध्यक्ष शुवर्ण लामाले गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाले सामाजिक गतिविधिहरू गर्दै आएको यॅंहाहरु सबैलाई अवगत नै छ र नेपाल र नेपालीहरुको हितका लागी अझ ससक्त रुपले कार्यहरु गर्दै अगि बड्ने छौं, भन्नु भयो र अतिथिहरूलाई फाउण्डेशनको कार्यलयमा स्वागत गर्न पाउॅंदा हर्षित भएको भन्दै सबैलाई धन्यवाद प्रकट गर्नु भयो।