मर्सिडिजले एकैपटक फिर्ता बोलायो १० लाख गाडी

-


     नेपालय न्युज    
     जेठ २३ गते २०७९


जर्मन कार निर्माता मर्सिडिज बेन्जले १० लाख वटा कारलाई फिर्ता बोलाएको छ । कम्पनीले विश्वभरबाट करिब १० लाख वटा कारलाई फिर्ता बोलाएको हो । बीबीसीका अनुसार मर्सिडिजले विश्वभरबाट ९ लाख ९३ हजार ४०७ वटा कार फिर्ता बोलाएको हो ।

जसमध्ये ७० हजारवटा मर्सिडिज कार फिर्ता बोलाएको छ । सवारीको ब्रेकिङमा समस्या आएपछि एकैसाथ ठूलो परिमाणमा कार फिर्ता बोलाएको जनाइएको छ । गतवर्ष पनि कम्पनीले सुरक्षा कमजोरीलाई कारण देखाउँदै ठूलो परिमाणमा कार फिर्ता बोलाएको थियो ।

‘हामीले ती सवारीमा राखिएको ब्रेकिङमा समस्या पत्ता लगायौँ । त्यसलाई समाधान गर्नका लागि फिर्ता बोलाएका छौं,’ कम्पनीले भनेको छ, ‘यस्तो धेरै दुर्लभ अवस्थामा सेवा ब्रेकमार्फत गाडीको गति कम गर्न सम्भव छैन । यसले दुर्घटना वा चोटपटक बढ्छ ।’ एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com