समाजसेवी गाराचा किरातको ”घर फर्क साथि हो” सार्वजनिक

-


     नेपालय न्युज    
     जेठ २२ गते २०७९


शान्तिराज राई न्युयोर्क । गाराचा किरातको रचना र अभिनय रहेको “घर फर्क साथि हो” बोलको म्युजिक भिडियो “आमा पदम कुमारी चाम्लिंग फ्लिमस” मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जिवनशैली वावजुद पनि समाजसेवी किरातले विभिन्न समयमा नेपालि गित संगितको टेवा स्वरूप नेपाली गित संगित कोशेलि सार्वजनिक गर्दै आएका छन । यही क्रममा आफ्नो स्वदेसको माया हुदाहुदै आफ्नो परिवार, प्रेमि, प्रेमिका छाडेर विदेशीनुको पिडालाई गितको माध्यामबाट उजगार गर्न खोजेका छन । उनले गित मार्फत विदेशीएका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका हुन ॥

अमेरिकाको न्युयोर्कमा रहेर समाजसेवामा व्यास्त गाराचाको यही फ्राइडे “घर फर्क साथि हो” बोलको गित सार्वजनिक भएको हो ।

“घर फर्क साथि हो” गायक देवेश राई र आशिष ताम्राकारको स्वर संगै आशिष ताम्रकारकै संगीतमा तयार गरिएको उक्त गितको यारेंज, महाराज थापा मिक्स मास्टरिंग मित्र लामाको रहेकोछ ।

यो गितको म्युजिक भिडियोमा शम्भु मोक्तान र श्याम तमांगको छायाँकन , भरत रेग्मीको सम्पादन , यस गितकै गितकार गणेश राई “गाराचा किरात”को निर्देशन रहेको छ।गीतको भिडियोमा गाराचा किरात, रोशन राई, शौरभ राई, अनुशा जीरेल लगायतको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

WP2Social Auto Publish Powered By : XYZScripts.com