
पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले सामाजिक उतरदायित्व वहन गर्दे बाल मन्दिर मा.वि. पोखरा–३, नदिपुरमा अध्यन्नरत छात्र प्रिन्जेश गुरुङको अभिभावकत्व ग्रहण गरेको छ ।
एक कार्यक्रमका बिच एशोसियसनका अध्यक्ष केशवबहादुर खत्री महासचिव बुद्वि कुवर तथा एशोसियसनका सदस्य तथा महिला उप समितिकी सयोजक शान्ति श्रेष्ठ जोशीले गुरुङको वार्षिक लाग्ने शुल्क १२,४२५ बाल मन्दिर मा.विका प्रअ शुसिल बस्नेत तथा कक्षा ३ मा अध्यनरत प्रिन्जेश गुरुङकी आमा मालती गुरुङलाइ हस्तान्त्रण गरेका छन् ।

अभिभाकत्व ग्रहण कार्यक्रममा गुरुङको वार्षिक लाग्ने शुल्क हस्त्रान्नण गर्दे बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले एशोसियसनले अति विपन्न परिवार तथा अभिभावक बिहिन र असाहय परिवारका बालवालिकाकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दे उनीहरुको पढाइमा लाग्ने वार्षिक सम्पुर्ण खर्च एशोसियसनले ब्यहाेरने बताउदै एशोसियसनले स्थापना गर्न लागेको छात्रवृत्ति शैक्षिक अक्षयकोषमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्य साथिहरुले सयाेग रकम जम्मा गरेकाे बताए । खत्रीले एशोसियनले सामाजिक उतरदायित्व वहन गर्दे शैक्षिक अक्षयकोष स्थापना गरी शुक्रराज मावि पोखरा २२ का विधार्थी पुष्पा बराल र श्रीया बराललाई शैक्षिक अभिभावकत्व ग्रहण गर्दे उनीहरुलाइ लाग्ने सम्पुर्ण खर्च एशोसियनले ब्यहोरिरहेकाे बताए ।
बाल मन्दिर मा.वि नदिपुर कक्षा ३ मा अध्यनरत प्रिन्जेश गुरुङको वार्षिक लाग्ने शुल्क १२,४२५ बुद्ध विशाल बजार व्यापारिक एशोसियसनकी सदस्य तथा महिला उपसमितिकी सयोजक शान्ति श्रेष्ठ जोशीले सहयोग गरेकी हुन् ।