एकैसाथ १० जना नर्स र एक डाक्टर गर्भवती भएपछि अस्पतालको पानीमा मिसावटको आशंका

-


     नेपालय न्युज    
     जेठ १८ गते २०७९


एजेन्सी । हालै अमेरिकाको मिसौरीस्थित लिबर्टी अस्पतालका १० जना महिला नर्स र एक जना महिला डाक्टर एकैसाथ गर्भवती भएको घटनाले निकै चर्चा पाएको छ ।

एकै अस्पतालका ११ जना महिला कर्मचारी एकै पटक गर्भवती भएको कुराले सबैलाई अचम्ममा पारेको छ । यतीमात्र नभई दुई महिलाको प्रसुतीको दिन समेत एउटै रहेको छ । यो घटना मानिसहरूबीच चर्चाको विषय बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाउका छन् । यद्यपि यो मात्र यस्तो घटना होइन, जहाँ एकै अस्पतालका कर्मचारीहरू एकैसाथ गर्भवती भएका अन्य घटनाहरू पनि छन् ।

समाचारका अनुसार एकै साथ ११ जना महिलाहरू गर्भवती हुनुमा त्यहाँका मानिसहरूले अस्पतालको पानीमा केही मिसावट भएको हुनसक्ने आशंका गरेका छन् । साथै केही मानिसहरूले नर्सहरूले छुटै पानी ल्याउने गरेको बताए । तर, नर्सहरूले यी कुरालाई अस्वीकार गरेका छन् । २९ वर्षीया नर्स हन्ना मिलरले भनेकि छिन् – ‘एक नर्सले आफ्नो लागि पानी ल्याएकी र सोही कुरालाई लिएर हामी उहाँसँग ठट्टा गर्दै थियांै, तर नर्सहरुले छुट्टै पानी ल्याउने गरेका छैनन् ।’

बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार यी सबै महिला कर्मचारी अस्पतालको प्रसूती, श्रम र वितरण विभागमा काम गर्छन् । तर अचम्मको कुरा यति मात्रै होकि यो कुनै योजना नभएर संयोगमात्रै हो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com