नेपाली युवाको तीन डकुमेन्ट्री एमी अवार्डको नोमिनेसनमा

- जसवन्तदेव श्रेष्ठ हलिउडमा नया इतिहास रच्दै

-


     नेपालय न्युज    
     जेठ १७ गते २०७९


हलिउडमा जमीरहेका नेपाली मुलका निर्देशक तथा कलाकार जसवन्तदेवले फेरि नेपाल र नेपालीका लागी नया गर्वलायकको काम गरेका छन् ।
अमेरिकी टेलिभिजनको सबैभन्दा ठुलो अवार्ड मानिने एमी अवार्डमा उनिद्धारा निर्माण र निर्देशन भएको तीन नेपाली डकुमेन्ट्री नोमिनेसनमा परेको छ । उनले निर्माण गरेको नेपाली संस्कृति झल्कने फेस्टिबल अफ दशै, फेस्टिबल अफ महाशिवरात्री र फेस्टिबल अफ सरस्वति पुजा एमी अवार्डमा परेको हो । हलिउडमा अहिलेसम्म नेपाल र नेपाली विधाको डकुमेन्ट्री संसारमै लोकप्रिय मानिने एमी अवार्डको नोमिनेसनमा परेर इतिहास रचेको छ ।
नेपालको संस्कृति रहनसहन र भाषाभेष लाई अन्तराष्ट्रिय स्तरमा चिनाउने मौका यो अर्र्वाडले दिनेछ’ नोमिनेसनमा परेपछि जसवन्तले भने– ‘ यो हामी सबै नेपाल र नेपालीका लागी गर्वको कुरा हो ।’

यो अवार्ड वितरण कार्यक्रम आउदो जुन १८ तारिकमा क्यालिफोर्नियामा हुदैछ । गएको नोभेम्बरमा १७ मा समेत उनको नेपालका पाचवटा चाडपर्व समेटिएको बृत्तिचित्र विश्व चर्चित डिस्कभरी च्यानलले प्रिमियर गरेको थियो ।
डिस्कभरी च्यानले निर्देशक श्रेष्ठले निमांण गरेको फेस्टिबलको पाच वटा भाग प्रसारण गरेको थियो । यसले नेपालको सस्कृति र पर्यटन विश्व मानचित्रमा प्रर्वद्धन गर्नमा महत्वपुर्ण भुमिका खेल्ने निर्देशक जसवन्त श्रेष्ठले बताए ।
श्रेष्ठ लस एन्जलसमा बसेर क्रियटिभ हाइटस इन्टरटेनमेन्ट मार्फत सिनेमा तथा डकुमेन्ट्री निर्माण र निर्देशन गदै आएका छन् । उनले निर्माण गरेका सिनेमा तथा डकुमेन्ट्रीले हलिउडमा विभिन्न अर्वाडहरु पनि यस अघि जितीसकेको छ । उनले हलिउडमा तीन वटा टेली अवार्ड तथा दर्जनौ अन्तराष्ट्रिय फिल्म फेस्टिबल अवार्डहरु हात पारेका छन् । पहिलो पटक जसवन्त २०१४ मा क्लोराडोमा भएको बिल्सफेस्टमा बेष्ट एक्टर अर्वाड जितेका थिए । उनले हलिउडका केही सिनेमामा अभिनय गरेका छन् ।
नेपालमा रहदा म्युजिक भिडियो निर्देशनमा रहेका श्रेष्ठ अमेरिका आएर हलिउडमा तहल्का पिटिरहेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com