भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्यो अमेरिका, चीन पर्‍यो पछि

-


     नेपालय न्युज    
     जेठ १६ गते २०७९


नयाँदिल्ली(भारत) । अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ।

यसले दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बन्दै गएको पुष्टि गरेको भारतको वाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । यसअघि चीन भारतको सवैभन्दा ठूलो व्यापार साझेदार थियो ।

शुरुवाती चरणमा कोरोना महामारी फैलिएको कारखाना गतिविधि सुस्त भएका कारण चीन र प्रमुख साझेदार देशहरु बीच ब्यापार घटेको हो । त्यसै समयमा अमेरिकाले भारतलगायत अन्य देशहरुको विपरीत राम्रो अवसर पाएको छ।

भारतको वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा बढेर ११९ अर्ब डलर पुगेको छ। जवकि २०२०/ २१ मा ८० दशमलव ५१ अर्ब डलर रहेको थियो ।

सन् २०२१/२२ मा अमेरिकाबाट भारतको निर्यात ५१ दशमलव ६२ अर्ब डलरबाट बढेर ७६ दशमलव ११ अर्ब डलर पुगेको छ। योसँगै अमेरिकाबाट भारतको आयात पनि २०२०/ २१ मा २९ अर्ब डलरबाट बढेर ४३ दशमलव ३१ अर्ब डलर पुगेको छ।

भारत र चीनबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा ११५ दशमलव ४२ अर्ब डलरको भएको छ । सन् २०२०/ २१ मा ८६ दशमलव ४ अर्ब डलरको रहेको थियो । सन् २०२०/२१ मा चीनबाट भारतको निर्यात २१ दशमलव १८ अर्ब डलर थियो। जुन २०२१/२२ मा बढेर २१ दशमलव २५ अर्ब डलर पुगेको छ। चीनसँगको भारतको व्यापार घाटा २०२१/२२ मा बढेर ७२ दशमलव ९१ अर्ब डलर पुगेको छ।

भारतीय बजार विश्लेषकहरुले अमेरिकासँगको यो व्यापार अझै कायमै रहनेछ। अमेरिका र भारतले निरन्तर व्यापारिक सम्बन्धलाई कायमै राख्न विभिन्न प्रयासहरु जारी राखेका छन्।

बैंग्लुरुस्थित इन्डियन इन्स्टिच्युट अफ प्लान्टेसन म्यानेजमेन्ट (आईआईपीएम) का निर्देशक राकेश मोहन जोशीले भारत १ दशमलव ३९ अर्ब जनसंख्या भएको विश्वको तेस्रो ठूलो उपभोक्ता बजार भएको बताउँछन्।

‘दुई देशको अर्थतन्त्रबीच प्रविधि हस्तान्तरण, उत्पादन, व्यापार र लगानीको अपार सम्भावना छ’, उनले भने, ‘भारतले अमेरिका पठाउने उत्पादनमा पेट्रोलियमबाहेक पेट्रोलियम पालिस गरिएको हीरा, औषधि उत्पादन, गहना, हलुका तेल र फ्रोजन झिंगा पर्छन्। जसमा भारतले अमेरिकाबाट पेट्रोलियम, रफ हीरा, एलपीजी, सुन, कोइला र बदाम खरीद गर्छ।’

भारतीय निर्यात संगठन महासंघका उपाध्यक्ष खालिद खान भारत विश्वमै एक उदाउँदो भरपर्दो व्यापारिक साझेदार भएको बताउँछन् ।

उनका अनुसार विश्वव्यापी कम्पनीहरुले चीनमा आफ्नो निर्भरता घटाउँदै लगेका छन् जसका कारण ती कम्पनीहरुले आफ्नो व्यापार भारतजस्ता देशहरुमा फैलाइरहेका छन् ।

चीनभन्दा पहिले यूएई भारतको सबैभन्दा ठूलो व्यापार साझेदार थियो।यूएईसँग भारतको द्विपक्षीय व्यापार २०२१/ २२ मा ७२ दशमलव ९ अर्ब डलर थियो। यूएई चाहीं अहिले भारतको तेस्रो ठूलो व्यापार साझेदार हो। त्यसपछि साउदी अरब, इराक र सिंगापुर छन्। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com