विदेशबाट फर्किँदा सुन ल्याउनेले कम्तीमा साढे ९ हजार तिर्नुपर्ने, ५० ग्रामसम्मको गहना नि:शुल्क


     नेपालय न्युज,     
     जेठ १५ गते २०७९


विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको पहिलो ५० ग्रामसम्ममा प्रति दश ग्रामको नौ हजार ५ सय रुपैयाँ लाग्ने भएको छ।

नयाँ बजेटमार्फत ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम दश हजार ५ सय रुपैयाँ लाग्ने भएको छ।

सुनको गहनाको हकमा ५० ग्रामसम्म सुनको गहनामा कुनै महशुल लाग्दैन। ५० ग्रामभन्दा बढी थप सय ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १० हजार रुपैयाँ लाग्ने भएको छ।

१०० ग्रामभन्दा बढी लिनेले प्रति दश ग्राम १२ हजार रुपैयाँ लाग्ने भएको छ।

वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिना काम गरी आउने नेपालीले एक पटकको लागि ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछ।

नेपालखबर

WP2Social Auto Publish Powered By : XYZScripts.com