निर्वाचनमा छिटफुट घटना भए, तर धाँधली भएको छैन : प्रधानमन्त्री देउवा


     नेपालय न्युज,     
     जेठ १४ गते २०७९


प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तहको निर्वाचनमा धाँधली भन्न नमिल्ने बताएका छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

सीमित स्रोत, साधनबीच पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी समेत उनले गरे।

सार्वभौम जनता निर्णायक शक्ति हुने भएकाले निर्वाचनबाट प्राप्त जनमतलाई कदर गरेर अघि बढ्नुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे।

‘निर्वाचनको निष्पक्षताबारे केही माननीय सदस्यहरुले चासो राख्नु भएको छ। यसमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु। देशका एकैपटक निर्वाचन गर्नु चुनौतीको विषय हो’, उनले भने,’सीमित स्रोत, साधनबीच पनि निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ। छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त हुँदैन।’

सार्वभौम जनतालाई निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नरहेको जवाफ पनि एमालेलाई दिएका छन्।

यसअघि नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका सांसदहरुले देशका कयौँ ठाउँमा सत्ता पक्षले राज्य श्रोत दुरुपयोग गर्दै धाँधली गरेको आरोप लगाएका थिए। नेपालखबर

WP2Social Auto Publish Powered By : XYZScripts.com