
अफगानिस्तानको तालिबान सरकारले महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ ।
तालिवानको यो आदेश तत्काल लागू भएको छ । अफगानिस्तानका महिला अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा यो नयाँ प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
तालिबान सरकारले महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न आग्रह गरेको छ ।
यति मात्र होइन माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध लगाइएको छ ।
उनीहरु पुरुष आफन्तलाई साथ नलिई यात्रा गर्न सक्दैनन् । एजेन्सी