गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजीरा : कुवेतबाट मध्य-पूर्वको सिधा उडान

-


     नेपालय न्युज    
     जेठ ४ गते २०७९


कुवेतको एयरलाइन्स जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ । बुधवार जजिरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो । जजिरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले उडान सुरु गर्नाले मध्य–पूर्व र युरोपमा बसोबास गर्ने समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष जोडिन सक्ने जजीरा एयरवेजले बताएको छ । यस उडानले कुवेत र मध्य–पूर्वको यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरिएको छ । यस उडान मार्फत् विदेशी पर्यटकहरुले सिधै लुम्बिनी पुग्नसक्ने छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com