असम्बन्धीत व्यक्तिको नाम जोडेर चरित्रहत्या गर्न खोज्नु गम्भीर अपराध – पहारी

-


     नेपालय न्युज    
     जेठ ४ गते २०७९


पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न संचार माध्यमहरूमा सार्वजनीयक समाचारहरूप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले केही व्यक्तिगत वार्ताहरूमा अनावश्यक रूपमा आफ्नो नाम लिई गरिएका क्रियाकलापहरूप्रति घोर भत्र्सना गर्दै आफ्नो स्वकीय सचिव भनेर संचारमाध्यमहरूमा प्रचारित मनोज पहारी भन्ने व्यक्ति समयको कुनै पनि कालखण्डमा आफुसँग सम्बन्धीत नरहेको र सचिवालयमा कार्यरत नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित÷प्रसारित अडियो रेकर्डमा असम्बन्धीत मान्छेले नाम उच्चारण गर्दैमा सत्यतत्थ नबुझी हचुवाको भरमा समाचार जानकारी सम्प्रेसण नगर्न आग्रह गरेका छन् ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य समेत रहेका पहारीले पार्टी प्रति इमान्दार र बफादार रही निरन्तर पार्टीको बिजयका निम्ती अहोरात्र खटी रहँदा समेत आफ्नो चरित्रहत्या गर्ने नियोजित षड्यन्त्र राखी प्रचारबाजीमा उत्रनेलाई चुनौती दिदै सो आरोप प्रमाणित भएमा जस्तोसुकै सँजायपनि भोग्न तयार रहेको बताएका छन् । उनले षड्यन्त्रको हल्ला फिजाउँन सक्रियहुने जोसुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न आफ्नो पार्टीलाई आग्रह गर्दै निराधार हल्ला र भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अपिल गरेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com