३६ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसमाथि एमाले भारी, एमालेमाथि गठबन्धन

-


     नेपालय न्युज    
     जेठ १ गते २०७९


काठमाडौं । आइतवार साँझ ७ बजेसम्म ३६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
जसमा नेकपा एमालेले १४ स्थानीय तह जितेर अग्रता लिइरहँदा नेपाली कांग्रेसले ११ स्थानीय तहमा जितेर पच्छ्याइरहेको छ ।

माओवादी केन्द्रले ९ ओटा स्थानीय तहमा जित हात पार्दा एकिकृत समाजवादीले २ स्थानीय तहमा जित हात पारेको छ ।

पाँचदलिय गठबन्धनको हिसाबले हेर्दा भने एमालेमाथि गठबन्धन हाबी भएको देखिन्छ । गठबन्धनबाट २२ स्थानीय तहमा प्रमुख विजयी हुँदा एमालेबाट १४ स्थानीय तहमा मात्रै प्रमुख निर्वाचित भएका छन् ।

त्यस्तै उपप्रमुखमा भने नेपाली कांग्रेसले १८ स्थानीय तहमा जित हात पारेर पहिलो स्थानमा छ । कांग्रेसलाई एमालेले ११ स्थानमा उपप्रमुख जितेर पच्छ्याइरहेको छ ।
माओवादी केन्द्रले ४ र एकिकृत समाजवादीले २ स्थानमा उपप्रमुख जितेका छन् ।

त्यस्तै मतगणनामा अग्रता लिनेमा भने कांग्रेस पहिलो स्थथानमा छ । कांग्रेसले २७७ स्थानीय तहमा अग्रता लिंदा एमालेले १९४ र माओवादी केन्द्रले ११० स्थानीय तहमा अग्रता लिएका छन् ।

जनता समाजवादीले ३२ स्थानीय तहमा अग्रता लिंदा एकिकृत समाजवादीले १५ र लोकतान्त्रीक समाजवादीले १३ स्थानीय तहमा अग्रता लिएका छन् । अभियानबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com