युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरको अधिवेसन सम्पन्न

-


     नेपालय न्युज    
     वैशाख ३० गते २०७९


राकेश राई,
न्युहेम्प्शयार

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले बोस्टनमा हालै छैठौ अधिवेसन गरेर नया नेतृत्व चयन गरेको छ ।

अधिवेसनको उद्घाटन गर्नु हुदै अर्गनाइजेसनका केन्द्रीय सल्लाहकार प्रमुख अतीथी सुरेश चामलिंगले संसारमा राई हरुले जहाँ पाइला टेकेको छ, त्यहाँ राईहरु संगठित भएर आफ्नो संस्कार र संस्कृती विकास गरेको छ । काठमाडौँको बागबजारमा दाउरे बुढा अर्थात बुद्दिकर्ण राईको आँगन देखी संसारको बिभिन्न कुनामा साकेलाको विस्तार यसको उदाहरण हो भन्नु भयो । अहिलेको यो प्रयास भावी पिढिको लागी हो हामी राई भन्ने अस्तित्वको चिनारी भावी पुस्तालाई चिनाउनु परदेश पनि संगठित हुनु परेको कुरा बताउनु भयो ।
अर्गनाइजेसनको न्यु इंग्ल्याण्ड सभापती मुक्ती नारायण राईले हाम्रो अर्गनाइजेसनले विदेशमा राई हरुको संस्कार संस्कृति जोगाउने, फैलाउने र संरक्षण गर्ने हो भने नेपालको सन्दर्भमा हाल चर्चामा आएको किरात प्रदेश नै बटम लाइन हो भन्नु भयो । शुभकामना संदेश दिनु हुनेमा न्युहेम्प्शायर नेपाली समाजका उपाध्यक्ष लाक्पा शेर्पा, केपकोड नेपाली समाजका अध्यक्ष के बि राई हुनु हुन्थ्यो ।
उक्त कार्यक्रममा अमेरिकामा नया आउनु हुनेहरु लाई केक काटेर वेलकम गरिएको थियो भने किरात राई हरुको भर्खरै जन्मेको नया नानी हरुलाइ पनी स्वागत गरिएको थियो । हरेक साल जस्तै यस पटक पनी स्कुल कलेजमा ग्राजुएसन गर्ने बिद्यार्थी हरुलाइ खादा र मेडल प्रदान गरिएको थियो । बिष्णु राई र धौला बीर राईको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरि ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । कर्ण राई बोस्टनको अध्यक्षतामा उपाध्यक्ष हरु शेखर राई उत्तर खण्ड, हरि राई दक्षिण खण्ड, महासचिव राकेश राई,कोषाध्क्ष चन्द्र राई,बोर्ड सदस्यहरु युब राज राई, कमल थुलुङ्ग, तेजेन्द्र खत्री राई,अनिल चोङ्गवाङ्ग,मनिकला राई,युब राज राई केप कोड हुनु हुन्छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com