पोखरा २८ बिमीरापानीबासीले भने यसपटकको भोट कांग्रेस सहितको गठबन्धन उम्मेदवारलाई

-


     नेपालय न्युज    
     वैशाख २६ गते २०७९



पोखरा । नेपाली काग्रेस सहितको गठबन्धन उम्मेदवारहरूले पोखरा २८ को घरदैलो कार्यक्रमलाई अन्तिम चरण दिएका छन् ।
घरदैलो कार्यक्रम अन्तरगत आज साविक कालिका गाविस अन्तरगत बिमिरापानीमा गरिएको घरदैलो कार्यक्रममा मतदाताहरूले यसपटकको भोट कांग्रेस सहितका गठबन्धन उम्मेदवारलाई दिने बाचा गरेका थिए ।
कार्यक्रममा मतदाताहरूलाई नेपाली कांग्रेसबाट पोखरा २८ का वडा अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले बिमीरापानीसंग आफ्नो भावानात्मक सम्वन्ध रहेको बताउदै निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने र ‘निर्वाचनमा बोलिने र निर्वाचनपछि गरिने व्यवहारमा कांग्रेस लगाएत गठबन्धनबाट र हामी उम्मेदवारबाट फरक नहुने बताउदै लामिछानेले भने, ‘हजुरहरुलाई गलत आश्वासन दिन्नौं तर बोलेका र प्रतिबद्धता गरेका वाचा पूरा गरी छाड्छौं ।’


घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवारहरू डाल्डादेवी भुजेल,ईन्द्र्कला बि.क, कमल थापा र नारायण बजगाईले मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि कांग्रेस सहितको गठवन्धन उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com