
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका श्रीकृष्ण लामिछाने यसपटककोनिर्वाचनमा वडामा नेपाली कांग्रेस सहितको गठबन्धन प्यानलै विजयी हुने दावी गर्नुभएको छ ।
साविक कालिका गाविसको सुर्केमैदान घिमिरेथर तथा निशानथरको घरदैलो कार्यक्रममा बोल्दै लामिछानेले यसपटक वडा २८ मा हामीलेसानदार जित हाँसिल गर्ने बताउनुभयो ।
वडा २८ को वडा अध्यक्षमा लामिछाने सहित वडा सदस्यमा डाल्डादेवी भुजेल,ईन्द्रकला बि.क, कमल थापा र नारायण बजगाईलेउम्मेदवारी दिएका छन् । उनीहरु यतिबेला मतदातासंग मत माग्नका लागि घरदैलोमा व्यस्त छन् ।
