
पोखरा । नेपाली काग्रेस सहितको गठबन्धन उम्मेदवारहरूले पोखरा २८ को घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।
घरदैलो कार्यक्रममा मतदाताहरूलाई पोखरा २८ का वडा अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए ।
पोखरा २८ को साविक कालिका गाविस अन्तरगत काफलघारी पिपलडालीमा गरिएको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवारहरू डाल्डादेवी भुजेल,ईन्द्र्कला बि.क, कमल थापा र नारायण बजगाईले मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि कांग्रेस सहितको गठवन्धन उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।
नेपाली कांग्रेस सहितको गठबन्धनले घरदैलो कार्यक्रमलाई तिव्रता दिए सगै पछिल्लो दिनहरूमा पोखरा २८ मा नेपाली कांग्रेस लगाएत गठबन्धनका उम्मेदवार प्रति मतदाताहरू निकै आर्कषित भएका छन् ।