
वडामा शुसासन कायम गर्ने ।
#सहायता_कक्ष राखि प्रशासनिक कार्यहरुलाई छिटो छरिताे र सहज बनाइने।
आर्थिक पारदर्शिता र अनुशासनलाई कडाईका साथ पालना गर्ने ।
सहभागिता मूलक विकाशमा जोड दिने ।
विषय विज्ञहरुसँग परामर्श गरि विकासका योजना बनाइने ।
खानेपानी, सडक, ढल र विद्युत सेवालाई विस्तार र व्यवस्थित बनाउने ।अन्नपूर्ण र चौरासी नहर व्यवस्थित गर्ने।
सुँइखेत खोला तटबन्धन, डुवान जस्ता समस्याको समाधान गर्ने ।
वडालाई प्रविधीमैत्री बनाइने र सुचना केन्द्र स्थापना गर्ने।
धार्मिक अनुष्ठानहरु, खेल मैदान, पौराणिक र पर्यटकीय महत्वका स्थानहरुको संरक्षण र सम्वर्दन गर्ने ।
धार्मिक पर्यटनको बिकास गर्ने।
सबै वडाबासीको पहुँचमा पुग्ने गरी स्वास्थ, शिक्षा र रोजगारलाई उच्च प्राथमिकतामा राखिने ।
वडाका कामकारवाही लाई प्रभावकारी बनाउन Mobile Application Software संचालनमा ल्याइने ।
सुरक्षा व्यवस्था CCTV जडान र राजमार्ग र अन्य सडकहरुमा सडक वत्तिको व्यवस्था गर्ने ।
सरसफाई र ढल निकास लाई व्यवस्थीत गरिने।
महानगरले लिने अनावश्यक करहरुको उचित व्यवस्थापन गर्ने ।
वडालाई देशकै सुन्दर, उत्कृष्ट र नमुना वडाको रुपमा विकाश गर्ने ।
खेलकुद, मेला, महोत्सव र गाउँकाे पहिचान दिने कार्यक्रमलाई विशेष सहयोग गर्ने ।
कृषिलाई उच्च प्राथमिकतामा राखी आधुनिक र व्यवसायिक कृषि प्रणालीको विकाश गर्ने । बजारीकरणको पहल गर्ने।
यातायात व्यवस्थालाई सहज र प्रभावकारी बनाउने ।
अव्यवस्थीत जग्गा र सुकुम्वासी समस्या समाधान गर्ने ।
मजदुरका हक अधिकार सुनिश्चित गर्ने ।
झिझिर्काका बाटो, खानेपानी, बिधुत लगायतका समस्या समाधान गर्ने ।
स्वरोजगार र आय आर्जनलाई प्रभावकारी बनाइ वडाबासीकाे जीवनस्तर उकास्ने ।
युवा, महिलाको क्षमता अभिवृद्धि गर्ने लक्षित कार्यक्रम ल्याईने।
जेष्ठ नागरिक, अवकाशप्राप्त कर्मचारी, शिक्षक, कर्मचारी का हकहितका लागि आवश्यक कार्यक्रम ल्याइने।
दलित र पिछडिएका बर्गको हकहितका लागि कार्यक्रम ल्याउने