वडा अध्यक्षका उम्मेदवार बास्तोलाद्वारा ईदको शुभकामना

-


     नेपालय न्युज    
     वैशाख २० गते २०७९


काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोला

पोखरा । पोखरा १२ नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले इस्लाम धर्मावलम्बीको महान् चाड ईदईद–उल–फित्र पर्वको सुखद् अवसरमा पोखरा १२ निवासी लगाएत देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनीसहितसबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

बास्तोलाले आज दिएको शुभकामना सन्देशमा मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो भन्दै परिवारर समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएरशुभकामना आदानप्रदान गर्दछन् भनेका छन् ।

उनले आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथासहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन् । नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकमुलुकका रुपमा रहेको उल्लेख गर्दै विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेकोले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको पोखरा १२का नेपाली कांग्रेसका वडा अध्यक्षकाउम्मेदवार बास्तोलाले सन्देशमा व्यक्त गरेका छन् ।

उनले हाम्रो जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्नेअपेक्षासहित पोखरा महानगरपालिका १२ लगाएत संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा ईद–उल–फित्रका अवसरमा हार्दिक शुभकामना दिएका छन् । 

WP2Social Auto Publish Powered By : XYZScripts.com