पोखरा विगार्न एमाले उमेद्वार थापाको १० वर्ष योगदान ः अटेरी उमेद्वार पौडेल

-


     नेपालय न्युज    
     वैशाख १९ गते २०७९


पोखरा,

नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेद्वार कृष्ण थापालाई सोधिएको पश्नका सम्बन्धमा एमाले कार्यकर्ताहरुले होहल्ला गरेका छन् ।

प्राईम टाईम टेलिभिजनद्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रम । छायाँकनका क्रममा थापालाई अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेद्वार गनेस पौडेलले २०५४ सालमा पोखरा महानगरपालिकाको प्रमुख हुँदा र संयन्त्रमा समेत गरेर १० वर्ष पोखरा विगार्न योगदान गरेको आरोप बताएपछि एमाले कार्यकर्ताहरुले होहल्ला सुरु गरेका हुन् । कार्यक्रमका प्रस्तोता ऋषि धमलाले पटक पटक शान्त हुन आग्रह गर्दा पनि उनिहरु नरोकिएपछि केही समय कार्यक्रम अवरुद्ध हुन पुगेको थियो ।

कार्यक्रमका सहभागीहरुले एमाले उमेद्वार थापालाई पोखरा सभागृह नीजि क्षेत्रलाई बेचेको, कर्मचारी भर्नामा मनोमानी गरेको, पोखरा महानगरपालिकालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको र हजारौँ दलित समुदायको अपमान हुने गरि पीडिकको पक्षमा वकालत गरेको लगायतका प्रश्नहरु सोधेका थिए ।

कार्यक्रममा ढिला गरि उपस्थित भएका एमाले उमेद्वार थापालाई बिचमा राख्ने भनि कुर्सी साट्न खोजेपछि कार्यक्रममा बोलिरहेका राप्रपाको तर्फबाट मेयर पदका उमेद्वार शंकर खराल आफ्ना कार्यकर्ता सहित कार्यक्रम छोडेर बाहिरिएका थिए । राष्ट्रिय टेलिभिजनको बहसमुलक कार्यक्रममा आफ्नो पार्टीलाई अपमान गरिएको खरालले प्रतिक्रिया दिए ।

नेकपा एमालेले यस अघि गण्डकी प्रदेश सदस्य दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार बनाएको थियो । पोखराकै एउटा सुनचाँदी पसलमा सिक्रि चोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि एमालेले रातारात उम्मेदवार परिवर्तन गरी थापालाई उम्मेदवार बनाएको थियो ।

थापामाथि उक्त भिडियो भाईरल बनाएको आरोप पनि नेकपा एमालेकै कार्यकर्ताहरुले लगाएका छन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विरुद्ध गुट चलाईरहेको आरोप लागेका एमाले नेता खगराज अधिकारीसँग मिलेर थापाले भिडियो भाईरल बनाएको कार्यकर्ताहरुको भनाई रहेको छ । २०५४ सालमा मेयर हुँदा पोखराको फेवातालको पनि नांगो आँखाले हेर्नै नहुने गरी प्रदुषण गर्ने मतियार बनेको आरोप थापामाथि छ । काठमाडौंबाट सञ्चालन हुने एक चर्चित अनलाईन पत्रिकाले उक्त आरोप लगाउँदै लामो स्टोरी समेत प्रकाशन गरेको थियो ।

२०५४ साल ताकै एउटा सार्वजनिक कार्यक्रमको दौरानमा थापाले ‘जोगी हुन राजनीति गरेको होईन ।’ भन्ने अभिव्यक्ति दिएर आलोचित बनेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com