
Share
मादी गठबन्धन २०७९ को सम्पर्क कार्यालय पोखरा–१२ शितलादेवीमा विधिवत उद्घाटन गरिएको छ । सोमबार गठबन्धनका साझा उम्मेद्वार द्वय देवी जंग गुरुङ र लालबहादुर गुरुङले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो ।
सम्पर्क कार्यालय उद्घाटनपछि मादी गाउँपालिका अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेद्वार देवी जंग गुरुङले मादीको विकासका लागि गठबन्धना साझा उम्मेद्वारहरुले उम्मेद्वारी दिएको बताउनुभयो । आफूहरुको साझा उम्मेद्वारीनै विजयको आधार भएको उहाँको भनाई छ ।
माओवादी केन्द्रबाट मादी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले मादीको विकासका लागि गठबन्धन आएको बताउनुभयो ।
गठबन्धनका साझा उम्मेद्वारहर अहिले घरदैलो कार्यक्रममा गाउँ गाउँ पुगेको नेपाली कांग्रेस कास्की एकका सचिव सरोज केसीले जानकारी दिनुभयो ।