गौतमबुद्ध विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सको वाइडबडी

-


     नेपालय न्युज    
     वैशाख १५ गते २०७९


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहीवार उडान गरेर मुलुकको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज । उक्त जहाज ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्ने क्रममा त्यहाँ पुगेको हो ।

काठमाडौं विमानस्थलबाट बेलुका ५ः१२ मा उडान गरेको निगमको वाइडबडी जहाज ५ः५५ मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । विमानमा चालकदलका सदस्यसहित २६० जना यात्रु सवार थिए ।

यसमा पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com