पोखरा १२ मा कांग्रेस उम्मेदवारलाई विजय गराउन महिला संघ,तरुण दल तथा नेविसंंघ गठन

-


     नेपालय न्युज    
     वैशाख १३ गते २०७९


पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर १२ ले स्थानिय तहको निर्वाचनलाई लक्षित गरी वडामा नेपाल महिला संघ,तरुण दल तथा नेपाल विद्यार्थी संघ गठन गरेको छ ।
साजन कोइरालाको अध्यक्षतामा ५१ सदस्य तरुण दल ईन्दीरा भण्डारी कोइरालाको अध्यक्षतामा ३३ सदस्य नेपाल महिला संघ तथा सन्तोष सिग्देलको अध्यक्षतामा २१ सदस्य नेपाल विद्यार्थी संघ गठन गरीएको छ ।


कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले पोखरा १२ मा आफुले चुनाव जित्ने आधारहरु भनेको नै तरुण, विद्यार्थी तथा महिलाहरुको आफुहरुलाई साथ अनि सयोग रहेको हुदा कांग्रेसको यो टिम विजयी हुने कुरामा आफु ढुक्क रहेको बताए । बास्तोलाले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने र ‘निर्वाचनमा बोलिने र निर्वाचनपछि गरिने व्यवहारमा कांग्रेस १२ बाट र हामी उम्मेदवारबाट फरक नहुने बताउदै उनले भने, ‘हजुरहरुलाई गलत आश्वासन दिन्नौं तर बोलेका र प्रतिबद्धता गरेका वाचा पूरा गरी छाड्छौं ।’
नेपाली कांग्रेस पोखरा १२ ले वडा अध्यक्षमा सन्तोष बास्तोला, वडा सदस्यमा शान्त बहादुर थापा, गोविन्द प्रसाद सिग्देल, शान्ति कोइराला र गोमादेवी परियारलाई उम्मेदवार बनाएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com