देशभर ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

-


     नेपालय न्युज    
     वैशाख १२ गते २०७९


काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ७ः३० बजेसम्म ७१ हजार २३७७ जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो।

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २१ सय १८ र उपप्रमुख पदमा १३ सय १८ जनाको उम्मेदवारी परेको छ।

गाउँपालिकाको अध्यक्षको पदमा २२ सय २१ र उपाध्यक्ष पदमा १५ सय ४४ जनाको उम्मेदवारी परेको आयोगले जानकारी गराएको छ ।

आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा १७ हजार ७०१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै महिला सदस्य पदमा ११ हजार ६५५ र दलित महिला सदस्यमा १० हजार ३७१ जनाको उम्मेदवारी परेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com