एमालेको पोखराको मेयरमा पौडैल तथा उपमेयरमा गुरुङ उम्मेदवार बनाउने निर्णय

-


     नेपालय न्युज    
     वैशाख १० गते २०७९


काठमाडौं । नेकपा (एमाले)ले महानगरपालिका र उपमहानगरपालिको उम्मेदवार टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ ।

यस्तै, पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ, भरतपुरकाे मेयरमा विजय सुवेदी र ललितपुर हरिकृष्ण व्यञ्जनकारको नाम बैठकले चयन गरेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com