पोखरा १२ मा कांग्रेसका उम्मेदवारलाई जिताउन कोइरालाको नेतृत्वमा प्रचार प्रसार समिति

-


     नेपालय न्युज    
     वैशाख ७ गते २०७९


पोखरा । नेपाली कांग्रेस पोखरा १२ ले आसन्न स्थानिय निर्वाचनको प्रचार प्रसार समिति गठन गरेको छ ।
समितिको संयोजकमा नेपाली कांग्रेस कास्की क्षेत्र न एक ख का सभापति कृष्ण कोइरालालाई बनाइएको छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि डम्बर जंग गुरुङ,नेपाली कांग्रेस पोखरा १२ का निर्वतमान सभापति राधेश्याम कोइराला,पोखरा १२ का पुर्व वडा सदस्य बल बहादुर कार्की तथा नेपाल प्रेस युनियनका प्रदेश प्रतिनिधि मनोहरि पौडेल रहेका छन् ।
पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र आफ्नो वडामा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरुलाई मतदाता समक्ष पुरयाउन निर्वाचन प्रचार प्रसार समिति गठन गरीएको संयोजक कोइरालाले बताए ।
नेपाली कांग्रेस पोखरा १२ ले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बास्तोला हाल नेपाली काग्रेस वडा इकाई समिति पोखरा १२ का सभापति समेत हुन भने उनी युवाहरु माँझ लोकप्रिय नेताका रुपमा समेत परिचत रहेका छन् ।

काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोला
WP2Social Auto Publish Powered By : XYZScripts.com