अमेरिकी उप-सहायक विदेशमन्त्री र परराष्ट्रमन्त्री बीच भेटवार्ता

-


     नेपालय न्युज    
     वैशाख ५ गते २०७९


परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङले भेटवार्ता गरेकी छन् ।

सोमबार सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिकाबीचको मित्रता र द्विपक्षीय सहकार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्षको अवसरमा सहायक विदेशमन्त्री किडरलिङ नेपाल भ्रमणमा आएकी हुन् ।

पाँच महिनाको अन्तरालमा उनी दोस्रोपटक नेपाल भ्रमणमा आएकी हुन् । गत नोभेम्बर तेश्रो साता उनी काठमाडौं आएकी थिइन् । नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि नेपाल आउने उनी पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन् । किडरलिङ भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com