एकीकृत समाजवादीबाट पोखराको मेयरमा ६ जनाको नाम सिफारिस

-


     नेपालय न्युज    
     वैशाख ४ गते २०७९


पोखरा । नेकपा (एकीकृत समाजवादी)बाट पोखरा महानगरको मेयरमा ६ जनाको नाम सिफारिस भएको छ । महानगर कमिटीबाट आएको ६ जनाको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।

उनकाअनुसार मेयरमा धनराज आचार्य, श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनवासी, दामोदर शर्मा र प्रेम बहादुरथापाको नाम प्रदेश कमिटीमा पठाइएको छ ।

अन्य आकांक्षी भएमा वैशाख ६ गतेसम्म जिल्लामा नाम टिपाउन सकिने उनले बताए ।

“कसैले आकांक्षा राखे ६ गतेसम्म नाम टिपाउन सकिन्छ, त्यही नाम हामीले प्रदेशमा सिफारिस गर्ने छौँ,” उनले भने ।
यस्तै, उपमेयरमा हालसम्म तीनजनाको नाम प्रदेशमा पठाइएको उनले बताए ।

उपमेयरमा जिल्ला सचिव हुम नेपाली, पूर्ण लामा र संगीता केसीको नाम प्रदेश कमिटीमा पुगेको छ ।

एकीकृत समाजवादीले कास्कीका अन्य पालिकाको अध्यक्ष/उपाध्यक्ष र ७२ वटै वडाध्यक्ष र सदस्य गरी ५/५ जनाको नाम पनि सिफारिस गरिसकेको आचार्यले जानकारी दिए । बाह्रखरीबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com