भारतमा कोरोना संक्रमितको संख्यामा एकैदिन १७ प्रतिशतले वृद्धि

-


     नेपालय न्युज    
     वैशाख ४ गते २०७९


भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ११५० नयाँ संक्रमित भेटिएका छन् । यो शनिबारको तुलनामा १७ प्रतिशतले वृद्धि हो ।

यसका साथै, यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

यस्तै शनिबार ९७५ जनामा कोरोनाको संक्रमण देखिएको थियो र यसका कारण ४ जनाको मृत्यु भएको थियो ।

भारतमा कोरोना संक्रमितको कूल संख्या ४.३० करोडभन्दा बढी पुगेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com