अमेरिकाको एक परिवारलाई ‘विश्वकै अग्लो व्यक्तिहरूको परिवार’को उपाधि

-


     नेपालय न्युज    
     वैशाख २ गते २०७९


वासिङटन । गिनिज वर्ल्ड रेकर्ड्सले अमेरिकाको मिन्नेसोटाको एक परिवारलाई ‘विश्वकै अग्लो व्यक्तिहरूको परिवार’को उपाधि दिएको छ । पाँच सदस्य रहेको परिवारका सदस्यको औसत उचाइ ६ फिट ८ दशमलब ०३ इन्च रहेको छ ।

गिनिज वर्ल्ड रेकर्ड्सले एकजना अर्थोपेडिक्स डाक्टरले औपचारिक रूपमा उनीहरूको शारीरिक उचाइ नापेपछि एस्को निवासी ट्राप परिवारलाई सो विश्व उपाधि दिएको हो । माता, पिता स्कट र क्रिस्सीको उचाइ क्रमश: ६ फिट ८ इन्च र ६ फिट ३ इन्च रहेको छ ।

उनीहरूका सन्तान २७ वर्षीया साभान्ना ट्राप–ब्लान्च फिल्ड ६ फिट ८ इन्च, २४ वर्षिया मोल्ली स्टिडे ६ फिट ६ इन्च र २२ वर्षीय एडम ट्राप ७ फिट ३ इन्च अग्लो छन् ।

ट्राप दम्पतीका तिनैजना सन्तान खेलुकुद क्षेत्रमा सक्रिय छन् । उनीहरूलाई कलेजमा बास्केटबल र भलिबल टोलीमा राखिएको छ । यस परिवारले आफूहरूको उचाइलाई लिएर विश्व कीर्तिमानको उपाधिप्रति गौरव लागेको बताएको छ ।
यूपीआईबाट ।

WP2Social Auto Publish Powered By : XYZScripts.com