चीनसँगको निर्भरता कम गर्न एप्पलले भारतमा शुरु गर्‍यो आईफोन उत्पादन

-


     नेपालय न्युज    
     चैत्र ३० गते २०७८


नयाँदिल्ली(भारत) । अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा आईफोनको उत्पादन शुरु गरेको छ ।

चीनसँगको निर्भरता कम गर्न कम्पनीले भारतमा आईफोन निर्माणको काम थालेको हो । वितरण प्रणाली (सप्लाई चेन) मा चीनसँगको निर्भरता कम गर्न भारतमा काम शुरु गरिएको कम्पनीले बताएको छ ।

एप्पलको ताइवानी ठेकेदार उत्पादक, फक्सकनको स्थानीय कारखानामा आईफोन १३ निर्माण हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तमिलनाडुको श्रीपेरुम्बुडुरमा कारखाना रहने भनिएको छ । पछिल्लो समय कम्पनीले आईफोन निर्माण गर्ने क्षेत्रहरू चीनबाट अन्यत्र सारिरहेको छ ।भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार पनि हो ।

कम्पनीले भारतमा चाँडै नै आईप्याड पनि एसेम्बल गर्ने योजना बनाइरहेको छ । एप्पलजस्ता ब्रान्डले आफ्ना उप्पादनहरू निर्माण वा एसेम्बल गर्न चीनको विकल्प खोजिरहेका बेला भारत, मेक्सिको र भियतनामजस्ता देशहरू अमेरिकी ब्रान्डका लागि महत्वपूर्ण कन्ट्रयाक्ट म्यानुफ्याक्चररका रूपमा उदाइरहेका छन् ।सन् २०१७ मा एप्पलले आईफोन एसईमार्फत् भारतमा उत्पादन शुरु गरेको थियो ।

आईफोन १३ भारतमा उत्पादन हुने एप्पलको चौथो मोडेल भएको समाचार एजेन्सी रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप, आइप्याड र आईफोन युवाहरु माझ निकै चर्चित छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com