
सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि वैशाख ४ गतेभित्र तालमेलको मापदण्ड र उम्मेदवार छानिसक्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले तालमेल र उम्मेदवार टुंगो गर्ने समय वैशाख ४ सम्मलाई बढाएको हो।
यसअघि गठबन्धनले मंगलबारसम्म दुवै कुराको टुंगो गरिसक्ने जनाएको थियो। तर गठबन्धन दलभित्र तालमेललाई लिएर तीव्र असन्तुष्टि बढिरहेका बेला निर्णयको समय लम्ब्याइएको हो।
अब स्थानीय तहलाई उम्मेदवारी तय गर्ने समय पनि वैशाख ४ सम्मलाई दिइएको एकजना नेताले बताएका छन्।
त्यसैगरी यो बैठकमा गठबन्धनका सदस्य दलको हैसियतसम्बन्धी रिपोर्ट पनि तल्ला कमिटीलाई ४ गतेसम्म बुझाउने गरी निर्देशन दिने निर्णय भएको छ।
यो अवधिसम्म सदस्य दलहरुले तल देखिएको असन्तुष्टि सम्बोधन गर्दै उम्मेदवारीबारे पनि आपसी छलफल गर्ने भएका छन्। नेपालखबर