न्युयोर्कको सबवे स्टेशनमा गोलीबारी, कम्तीमा १३ जना घाइते

-


     नेपालय न्युज    
     चैत्र २९ गते २०७८


अमेरिकाको न्युयोर्कको ब्रुकलिनमा रहेको सबवे स्टेशनमा भएको गोलीबारीमा कम्तीमा १३ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार स्थानीय समय अनुसार बिहान ८ः३० बजे सनसेट पार्कको ३६औं स्ट्रीट स्टेशनमा गोली चलेको थियो ।

घटनास्थलका तस्विरहरूमा यात्रुहरू स्टेशनको भुइँमा रगतको पोखरीमा लतपतिएको देखाइएको छ। घटनास्थलमा विस्फोटक पदार्थ पनि फेला परेको छ । अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् र सबवे रेलहरू ढिलाइ हुने बताइएको छ । कम्तिमा चार रेल लाइनेहरू पनि ढिलाइ भएका छन्।

संदिग्ध आक्रमणकारीको खोजी भइरहेको छ । न्यूयोर्क फायर डिपार्टमेन्टले बीबीसीलाई स्टेशनबाट धुवाँ देखिएको भन्दै फोन आएको तर जब अधिकारीहरू घटनास्थल पुगे, उनीहरूले त्यहाँ घाइतेहरूलाई भेटेका थिए। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com