अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु

-


     नेपालय न्युज    
     चैत्र २८ गते २०७८


अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ः २७ बजे डाउन टाउन सिडर र्यापिड्सको ट्याबू नाइट क्लबमा भएको थियो ।

गोली लागेर दुई जनाको मृत्यु भएको छ । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ । –एएनआई÷स्पुतनिक

WP2Social Auto Publish Powered By : XYZScripts.com