
पोखरा २८ चैत । बुद्ध विशाल बजार ब्यापारिक एसोसियसनले अवकास प्राप्त सुरक्षा कर्मचारीलाई सम्मान तथा बिदाई गरेको छ ।
बिशाल बजारमा बिगत ३६ बर्ष देखी कार्यरत सुरक्षा कर्मचारीहरु विर वहादुर घले तथा कमशेर गुरुङको विदाई कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एसोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले बिशाल बजारमा कार्यरत सुरक्षा कर्मचारीको योगदानलाई आफुहरूले कहिले पनि भुल्न नसक्ने बताउदै समय परिस्थिति अनुसार बाध्यतावंश आफुहरूले नचाहादा नचाहदै पनि आफ्ना प्रिय कर्मचारीहरुको उमेर हदका कारण अवकास दिनु परेकोमा आफुहरूलाई दुःख लागेको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले आफ्नो सम्पुर्ण जवानी तथा विशाल वजारलाई आफ्नै घर सम्झी धेरै वर्ष विताउनुभएका ईमान्दर बुवा सम्मानका आदणीय सुरक्षा कर्मचारीको योगदानलाई बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले कहिले पनि भुल्न नसक्ने बताउदै उहाँहरुको उज्वल भविस्यको कामना गरेका थिए ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका कानुनी सल्लाहकार जगनाथ ढकाल सल्लाहकारहरु शिव शर्मा ध्रुव प्रसाद रेग्मी बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सचिव तथा सुरक्षा संयोजक राजु के.सीले बुद्ध विशाल बजारलाई आज यो अवस्थासम्म ल्याउन अवकास लिएका सुरक्षा कर्मचारीको विशेष योगदान रहेको बताउदै उहाँहरुले अवकास लिए पनि आगामी सुख दुःखका दिनहरुमा बुद्ध विशाल बजार ब्यापारिक एसोसियसन उहाँहरु सगसगै रहेको बताए ।
अवकास लिएका सुरक्षा कर्मचारीहरू विर वहादुर घले तथा कमशेर गुरुङलाई दोसल्ला,सम्मानपत्र तथा नगद पैसठी हजार तथा सन्चयकोषको पासबुक सहित बुद्ध विशाल बजार ब्यापारीक एसोसियसनले बिदाइ गरेको थियो ।
सम्मान तथा विदाई कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एसोसियसनको रिक्त कार्यसमिति सदस्यमा माधव आचार्यलाई मनेनित गरी बुद्ध विशाल बजार ब्यापारिक एसोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले सपथ खुवाएका थिए भने नव वर्ष २०७९ को उपल्यक्षयमा एसोसियसनले प्रकासित गरेको क्यालेन्डर विमोचन समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य एसोसियसनका उपाध्यक्ष ईन्द्रराज अर्यालले गरेका थिए भने कार्यक्रम सन्चालन बुद्ध विशाल बजार ब्यापारिक एसोसियसनका महासचिव महासचिव बुद्वी बहादुर कुवरले गरेका थिए ।




