श्रीलंकाको आर्थिक संकटमा भारतको सहयोग

-


     नेपालय न्युज    
     चैत्र २४ गते २०७८


आर्थिक संकटबाट गुुज्रिरहेको श्रीलंकालाई भारतले सहयोग गरेको छ । भारतले बुधबार श्रीलंकाका लागि पेट्रोल र डिजलको दुुई खेप पठाएको छ । श्रीलंकास्थित भारतीय दूतावासले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । दूतावासका अनुसार ३६ हजार मेट्रिकटन पेट्रोल र ४० हजार मेट्रिक टन डिजेल श्रीलंका पठाइएको छ ।

भारतले हालसम्म श्रीलंकालाई २,७०,००० मेट्रिकटन इन्धन पठाएको जानकारी दूतावासले दिएको छ । भारतले इन्धनका अलवा श्रीलंकालाई अन्य कयौ किसिमका सहायता पठाइरहेको छ । यसमा अन्न र औषधी प्रमुख छन् ।

श्रीलंकाको सरकारले कयौं पटक भारतको यो सहयोगप्रति आभार व्यक्त गरेको छ । श्रीलंकाका कयौ परिचित हस्तीले भारतका तर्फबाट श्रीलंकालाई भइरहेको सहयोगका लागि भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com