मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस

-


     नेपालय न्युज    
     चैत्र २४ गते २०७८


सरकारले विभिन्न २० देशमा राजदूत नियुक्त गर्न सिफरिस गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको हो।

उत्तरी छिमेकी चीनका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन्।

सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्।

भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो।

चीनका लागी राजदूत सिफारिस श्रेष्ठ माओवादी निकट हुन्। उनी काहुराष्ट संस्थाका अध्यक्ष थिए। उनी माओवादी केन्द्रको निर्वाचन समिती अध्यक्ष छन्।

यी हुन् सिफारिस राजदूतहरु
विष्णुपुकार श्रेष्ठ– चीन
दान बहादुर तामाङ–दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल– स्पेन
वाशुदेव मिश्र– श्रीलंका
मिलन तुलाधार– रसिया
कैलाश पोखरेल– अष्टेलिया
डिल्लीराज पौडेल– मलेसिया
शान्ता रिजाल– इजरायल
ज्योति प्याकुरेल– दक्षिण कोरिया
प्रा डा रामशुरज राय यादव– डेनमार्क
नवराज सुवेदी– साउदी अरव

यस्तै, नरेश विक्रम ढकाल पनि राजदूतमा सिफारिस भएका छन्।

उनीहरु सबै राजनीतिक दलकाे काेटाबाट सिफारिस भएका हुन्।

मन्त्रिपरिषदले कर्मचारीबाट भरतकुमार रेग्मी, तीर्थराज वाग्ले र निर्मलराज काफ्लेलाई पनि राजदूत सिफारिस गरेकाे छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com