घनश्यामको फिल्म ‘लन्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

-


     नेपालय न्युज    
     चैत्र २२ गते २०७८


घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘लन्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छन्।

एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म बेलायत र फ्रान्समा छायांकन हुनेछ। फिल्ममा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम र सनिष खकुरेको लगानी छ।
फिल्मको छायांकन आगामी असारबाट सुरू गर्ने निर्माताको तयारी छ।

एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई फिल्मको छायांकन गर्दैछ। त्योमध्ये एउटा फिल्ममा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ।
साम्राज्ञी नयाँ फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शनको पर्खाइमा छिन्। फिल्म ‘ड्रिम्स’बाट डेब्यू गरेकी साम्राज्ञीले ‘ए मेरो हजुर २, मंगलम्, कायरा, इन्टु मिन्टु लण्डमा, रातो टिका निधारमा’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्।

WP2Social Auto Publish Powered By : XYZScripts.com