
पोखरा । पोखरा २४ वडा सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । वडा सदस्य पदका लागि मोहन सुवेदीले अटेरी उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पोखराका गनेस पौडेलले महानगर प्रमुखको रुपमा उम्मेदवारी दिने घोषणा गरेर सुरुआत भएको यो अभियान हाल देशव्यापी बनेको छ । अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार पोखरा महानगरबाट मात्रै महानगर प्रमुख सहित १६ जनाको अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।
देशव्यापी बनेको यो अभियान अहिले चुनाव लक्षित कार्यक्रममा जुटेको छ । अभियान संयोजक हरि कार्कीका अनुसार आउँदो २६ गते अभियानले पोखरा लक्षित कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रमको पनि आयोजना गर्दै छ ।