पोखरा १७ मा अटेरी उम्मेदवार

-


     नेपालय न्युज    
     चैत्र १८ गते २०७८


पोखरा । पोखरा महानगरपालिका १७ बाट स्थानीय तह निर्वाचनका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखरा १७ को वडाध्यक्ष पदका लागि प्रतीक्षा ढकालको उम्मेदवारी परेको हो ।
पोखरा महानगरपालिकाका विभिन्न वडामा गरि ११ वडामा वडाध्यक्ष पदका लागि उम्मेदवारी परेको छ । केही वडामा वडा सदस्य पदका लागि उम्मेदवारी घोषणा भएको छ ।
पोखराका गनेस पौडेलले स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित महानर प्रमुखमा उम्मेदवारी घोषणा गरेपछि यो अभियानले ब्यापक चर्चा पाएको हो । हालसम्म देशभर २ सय बढी नगर प्रमुख र वडा प्रमुख, सदस्य पदका लागि अटेरी अभियानका अभियन्ताहरुको उम्मेदवारी परेको छ । यो क्रम थपिने क्रम पनि जारी छ ।
अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार आउँदो २६ गते अभियन्ताहरुको संयुक्त घोषणा सार्वजनिक कार्यक्रम पोखरामा आयोजना हुँदै छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com