
पोखरा ।
पोखरा १२ पुरानो धारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी सस्थाँले ६५ अौ सहकारी दिवसको उपल्यक्ष्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत सकंलन भएको छ ।
रक्तदान कार्यक्रमका प्रमुखअतिथी गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले रक्तदाता तथा कार्यक्रम संयोजक दिपक कार्कीलाई व्लड व्याग हस्तान्त्रण गर्दे सहकारीले अहिलेको विषम परिस्थितिमा यस्तो पुन्य काम गरेकोमा सहकारीलाई धन्यवाद दिदै थापाले गण्डकी प्रदेश सरकाले अहिले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर उपचारमा ५० हजार सहुलियत दिने गरेको बताए ।

चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी सस्थाँका अध्यक्ष नरेश बहादुर कार्कीले सहकारीले विभिन्न समयमा सामाजिक उतरदाहित्वका कामहरु गरिरहेको बताउदै यस्तो पुन्य काम सहकारीले गर्न पाएकोमा संस्थाप्रति गर्व लागेको बताए ।
सहकारीका अध्यक्ष नरेश बहादुर कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वाग मन्तव्य सहकारीका सहसचिव तथा कार्यक्रम संयोजक दिपक कार्कीले गरेका थिए । सहकारीका सचिव श्याम प्रसाद साखिले सन्चालन गरेको उक्त कार्यक्रममा सहकारीकी व्यवस्थापक करूणा शाहीले सहकारीका सात सिद्वान्त बाचन गरेकी थिईन् ।
कार्यक्रममा रक्त संचार केन्द्र पोखराले प्राविधिक सयोग गरेको थियो ।
