एनआरएनएका तीन अध्यक्षले सम्हाले नेतृत्व

-


     नेपालय न्युज    
     चैत्र १४ गते २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।

उनले तीनै जना अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ समेत गराइएको छ ।

निर्वाचित अध्यक्षले क्रमशः ६-६ महिना संस्थाको नेतृत्व गर्ने जनाइएको छ । संघका उपाध्यक्षहरुमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भूषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा अचार्य, आरके शर्मा नारायण आचार्यलगायत ११ जना चयन भएका छन् । महिला उपाध्यक्षमा विश्वमाया परियार र यसमिन वेगम निर्वाचित भएका छन् । यस्तै महासचिवमा गौरीराज जोशी र डा. केशव पौडेल चयन भएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com