व्यवसायमा सकारात्मक ऊर्जासहित सफल हुने तरिका सिकाउँदै बुद्ध विशाल बजार व्यापारिक एशोसियसन

-


     नेपालय न्युज    
     चैत्र १२ गते २०७८


मनोहरि पौडेल,
पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना संस्थाका सदस्यहरुलाई सकारात्मक ऊर्जासहित व्यवसायमा सफल हुने तरिका सहितको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
तालिममा प्रशिक्षक तथा बुद्ध बिशाल वजार व्यापारिक एशोसियसनका सल्लाहकार तथा मानार्थ सदस्य सुदिप ढकालले व्यवस्थापकीय कौशलता, नेतृत्व विकास, व्यावसायिक रणनीतिहरुको अवलम्बन र निर्णय लिने क्षमता विकाससँगै व्यवस्थापकीय कौशलता तथा व्यावसायिक रणनीति निर्माणका नयाँ आधार अवलम्बन गर्न प्रशिक्षणले सहयोग पुग्ने बताएका थिए ।


बुद्ध बिशाल वजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले कोरोना महामारीबाट संकटग्रस्त बनेका व्यवसायीलाई उनीहरु संलग्न व्यवसायको प्रर्वधनमा कसरी गर्ने भन्ने विषयमा यस तालिमले थप सफलता प्राप्त गर्ने बताउदै सकारात्मक सोच र ऊर्जाका साथ कसरी व्यवसायमा अघि बढ्ने भन्नेबारेमा हौसला र उत्प्रेरणा दिएको बताए ।
कार्यक्रममा बुद्ध बिशाल वजार व्यापारिक एशोसियसनका सल्लाहकार शिव शर्माले तालीमले आधारभूत ज्ञान हासिल गर्न सफल हुने बताउदै कार्यक्रमको सफल्ताको कामना गरेका थिए । एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम सयोजक ईन्द्रराज अर्यालले स्वागत मन्तव्य राख्दै संस्थाका सदस्यहरुको क्षमता विकासका लागि माग भएअनुसार नै तालिम आयोजना गरिएको बताउदैै तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।


बुद्ध बिशाल वजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव वहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एशोसियसनका महिला उप समितकी संयोजक शान्ति श्रेष्ठ जोशीले धन्यवाद ज्ञापन राखेकी थिईन भने एशोसियसनका महासचिव बुद्वि बहादुर कुँवरले कार्यक्रम सन्चालन गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com