संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ ।
रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गरे पनि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग गर्ने ‘कुनै आशय’ नभएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार बताएका हुन् ।
“रूसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ । यद्यपि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थिति र अवधिमा रासायनिक हतियार प्रयोग गर्ने कुनै आशय छैन भन्नुबाहेक बढी केही गर्ने छैन,” उनले एयर फोर्स वन जहाजमा संवाददाताहरूसँग भने । एजेन्सी