पोखराका पूर्व प्रधानपञ्च कार्कीको निधन,मध्यकालिन ग्रामिण पोखरालाई आधुनिक युगमा पुर्‍याउन योगदान

-


     नेपालय न्युज    
     चैत्र ८ गते २०७८


पोखरा ।
पाेखराका पूर्व प्रधानपञ्च रुद्रबहादुर कार्कीको सोमबार निधन भएको छ ।

पूर्व प्रधानपञ्च कार्कीको पोखरा १२ चापापानी स्थित आफ्नै निवासमा निधन भएको हो । ९८ वर्षीय कार्कीको केही दिनदेखि स्वास्थ्यमा खराबी आएकाे थिए । पोखरा नगर पञ्चायतको नेतृत्व गरेको कार्की मध्यकालिन ग्रामिण पोखरालाई आधुनिक युगमा पुर्‍याउन योगदान छ ।

पोखराका लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी, विकास अभियन्तासमते हुँदै कार्की लामो समय पोखरा नगर पञ्चायतको भए । कार्की आधुनिक पोखराका नायकका नामले परिचित छन् । उनले मध्यकालीन ग्रामिण पोखरालाई आधुनिक यूगको शहर उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्कीको चार छोरा र आठ छोरी छन् ।

पूर्व प्रधानपञ्च कार्कीका साहिला छोरा टिका बहादुर कार्की पोखराको सामाजिक आर्थिक धार्मिक शैक्षिक र खेलकुद क्षेत्रमा योगदान रहेको छ ।

स्वर्गीय कार्कीको मंगलबार बिहान पोखराको रामघाटस्थित सेती नदी किनारमा दाहसंस्कार गरियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com