
न्युयोर्क । युगपुरूष स्व. गिरिजा प्रसाद कोईरालाको १२ अैाँ स्मृति दिवस न्युयोर्कमा मनाइयो।
संघीय लोकतान्त्रिक गणतन्त्रका नायक, नेपालका अन्तरिम राष्ट्राध्यक्ष, शान्ति नायक तथा युगपुरूष स्व. गिरिजा प्रसाद कोईरालाको १२ अैाँ स्मृति दिवसमा आज जिपीके फाउन्डेशन अमेरिका च्याप्टरले आफ्नै कार्यलय ४१-६६ ७२ स्ट्रीट वुडसाईड, न्यूयोर्कमा स्व. गिरिजा वावुको चीर आत्मा र शान्तिको कामनाका साथ भावपुर्ण श्रध्दाञ्जली अर्पण गर्दै यसै फाउण्डेशनका कार्यवाहक अध्यक्ष शुवर्ण लामा र महासचिव छिरीड॰ राप्के लामा ले दिप प्रज्वलन गरी गिरिजा वावुको १२ औं स्मृति दिवस कार्यक्रम सम्पन्न गरीएको छ ।
गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरले युगपुरूष स्व. गिरिजा प्रसाद कोईरालाको १२औं स्मृति दिवसको अवसरमा छिट्टै विश्वव्यापी अन्तरक्रिया भर्टुयल कार्यक्रम गर्ने योजना बनाएको छ ।
