
पोखरा । काहुँखोला भाट समाज पोखरा १३ कास्कीको ११ औं साधारण सभा तथा ५ औं अधिबेशन सोमबार सु. भिम बहादुर रानाभाटको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरि सम्पन्न भएको छ ।
समाजको उपाध्यक्षमा बसन्त रानाभाट, सचिवमा सुर्य बहादुर (सुजु) रानाभाट, सहसचिवमा हरिप्रसाद रानाभाट, कोषाध्यक्षमा प्रविना रानाभाट, सहकोषाध्यक्षमा रीता रानाभाट र सदस्यहरुमा शारदा रानाभाट, तेजबहादुर रानाभाट, कुमारी रानाभाट, सुर्यबहादुर अधिकारीभाट, इन्द्रबहादुर रानाभाट, तर्कबहादुर रानाभाट, पार्वती रानाभाट, लक्ष्मी सापकोटाभाट र वस्यानी रानाभाट चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा संस्थापक अध्यक्ष शान्ति रानाभाट, चन्द्रबहादुर रानाभाट, पितृ प्रसाद रानाभाट, ज्यो. रुद्रबहादुर रानाभाट, लेखनाथ रानाभाट, एकदेब रानाभाट र डिल्लीराम रानाभाटलाई चयन गरिएको छ ।
प्रमुख अतिथि फिष्टेल एकेडेमीका संस्थापक प्राचार्य एवं रानाभाट भाट समाजका केन्द्रिय सल्लाहकार चिनु रानाभाटले अधिबेशनको उद्घाटन गर्दै भाट तथा रानाभाट सबै भाई बन्धु एक हुनु पर्ने वताउँदै आपसी भाइचारा र सहयोग आदनप्रदानले सबै बन्धुलाई फाइदा हुने वताए ।
सोही कार्यक्रममा समाजका अग्रज व्यक्तित्वहरु जय कृष्ण रानाभाट, विद्याधर रानाभाट, विष्णुमाया रानाभाट र तिलकुमारी रानाभाट, शिक्षा क्षेत्रबाट फिस्टेल एकेडेमी संस्थापक प्राचार्य चिनु रानाभाट, एमबिबिएस डा. एरिका रानाभाट र डा. अप्सरा रानाभाट, इन्जिनियरहरु राजन वञ्जराभाट, राजेश वञ्जराभाट, राजेन्द्र रानाभाट र फार्मेसिष्ट नमुना रानाभाट तथा सुरक्षा निकायबाट प्रनानी हिरा बहादुर रानाभाटलाई दोसल्ला, अविर, सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
समाजका पुर्व केन्द्रिय सदस्य एवं समाजद्वारा संचालित पबित्र बचत तथा ऋण सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाट, क्षेत्रीय सदस्य ज्योतिष रुद्रबहादुर रानाभाट, कास्की जिल्ला वरिष्ठ उपाध्यक्ष श्रीधर रानाभाट, कंदनीडाँडा भाट समाज पोखरा २६ का अध्यक्ष तिर्थ राजभाट, पत्रकार कृष्ण रानाभाट लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भाट समाज कास्की जिल्लाका वरिष्ठ उपाध्यक्ष श्रीधर रानाभाटले भवन निर्माणको लागि २५ हजार पाँच सय ५५ रुपैया सहयोग हस्तान्तरण गरेका थिए ।
काहुँखोला भाट समाजका अध्यक्ष एकदेव रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समिति संयोजक एवं संस्थापक अध्यक्ष पितृ प्रसाद रानाभाटले स्वागत र संचालन सचिव भिमबहादुर रानाभाटले गरेका थिए ।