‘विज्ञापन कर’ को ‘स्वेत आतंक’प्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण

-


     नेपालय न्युज    
     चैत्र ६ गते २०७८


पोखरा महानगरपालिकाले ‘विज्ञापन कर’ को नाममा केही दिनयता उद्योगी÷व्यवसायीहरुमाथि सिर्जना गरेको ‘स्वेत आतंक’प्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस विज्ञप्ति

पोखरा महानगरपालिकाले ‘विज्ञापन कर’ को नाममा केही दिनयता उद्योगी÷व्यवसायीहरुमाथि सिर्जना गरेको ‘स्वेत आतंक’प्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को लागि पोखरा नगर क्षेत्रको विज्ञापन कर उठाउने अख्तियारी आफूले प्राप्त गरेको जानकारीसहित साइन हव प्रालिले केही दिनयता व्यवसायीहरुको पसल÷कवलमा पुगी अनावश्यक दवाव र मानसिक यातना दिँदै आएको छ । पोखरा महागनर संघीय सरकारले तोकेका राजश्वहरु संकलन गर्न स्वतन्त्र छ । तर,व्यवसायीहरुले आफ्नो व्यवसायको चिनारीको लागि राखिएका बोर्डहरुको पनि शुल्क असुल्न खोज्नु कुनै पनि कोणबाट जायज छैन । व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ,दर्ता शूल्क, आयकर,व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीहरुको सार्वभौम अधिकार हो । कानूनले दोहोरो कर बर्जित गरेको छ ।

व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानूनको उलंघनमात्रै हैन, व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको पनि धावा हो । महानगरको गैरजिम्मेवार,अराजक तथा स्वेच्छाचारी प्रवृत्ति हो । भएका व्यवसायहरुलाई संरक्षण गर्नुपर्ने दायित्व भुलेर राज्यबाटै व्यवसायीमाथि विज्ञापन करको नाममा लादिएको यो कर कुनै पनि सर्तमा नतिर्नेमा पोखरा उद्योग वाणिज्य संघ दृढ रहेको छ । पोखरा उद्योग वाणिज्य संघ, महानगरले यसअघि यस्तै अव्यवहारिक र नाजायज रुपले कर उठाउन खोज्दा प्रतिकार गरिएको स्मरण गराउँदै तत्काल विज्ञापन करको नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न जोडदार माग गर्दछ । अन्यथा पोखरा उद्योग वाणिज्य संघ कठोर कदम चाल्न बाध्य हुने पनि हामी जानकारी गराउँछौं ।

यसैगरी, पोखरा उद्योग वाणिज्य पोखरा नगरमा केही दिनयता थुप्रिएको फोहर व्यवस्थापनको लागि महानगरको ध्यानाकर्षण पनि गराउँछ । ‘स्वच्छ, हराभरा पोखरा’ को नारा दिएको महानगरमा सर्वसाधारणको स्वास्थ्य तथा व्यापार÷व्यवसायमा नै असर पुग्ने गरी फोहर थुप्रिनुलाई हामीले महानगरको कमजोरीको रुपमा लिएका छौँ । फोहर के कारणले उठेन भन्ने प्रष्टिकरण दिएरमात्रै महानरले उन्मुक्ति पाउँदैन । जनताबाट फोहरमैला कर संकलन गरेको महानगरले अविलम्ब नगरबाट फोहर उठाउनुपर्छ र नागरिकको स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ । एकातिर व्यवसायीहरुलाई अवैधानिक करको भार बोकाउन उद्यत हुने र अर्कोतर्फ उठाएको करको सदुपयोग नगर्ने महानगरको प्रवृत्ति फोहर व्यवस्थापनमा देखिएको उदासीनताले पुष्टि गरेको हाम्रो ठम्याइ रहेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com